Online News Portal

जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर लुटेः सांसद झा

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर लुट गरिरहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताउनुभएको हो । उहाँले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर जनकपुरमा २ कुटी र ७२ कुण्ड शहरको रुपमा निर्माण भएको बताउनु भयो । उहाँले तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन्। त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’
उहाँले जनकपुर गुठीको जग्गामा सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गरिरहेको भन्दै यसमा सरकारको ध्यान जना आवश्यक रहेको बताउनु भयो ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.