Online News Portal

शिक्षक सरुवामा व्यवस्थापन समितिको अधिकार हुनुपर्ने भन्दै संसदीय समितिमा गुहार

काठमाडौँ : शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको खटनपटन हुनुपर्ने भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदीय समितिमा गुहार मागेको छ ।

गत जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ जारी गरेर शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको भुमिकालाई कटौती गरिएको भन्दै महासंघले बिरोध गरेको छ । महासंघले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग गुहार माग्दै शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको खटनपटन हुने कानूनी व्यवस्था गरिदिन माग गरेको छ । सोमवार समितिको बैठकमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मोक्तानले मन्त्रालयले जारी गरेको निर्देशिकामा शिक्षक सरुवामा विव्यसको अनुमती नचाहिने व्यवस्था गरिएको भन्दै सो प्रावधान नल्याउन समितिले सरकारलाई निर्देशन दिन आग्रह गर्नुभयो । उहाँले विद्यालयलाई कस्तो शिक्षक चाहिन्छ र कस्तो शिक्षक चाहिदैन भन्ने निर्णय विद्यालयको भएको भन्दै सो निर्णय आफुहरुले गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले विव्यसको अधिकारलाई कटौती गर्नु नहुने बताउनु भयो ।

उहाँले मन्त्रालयले शिक्षा ऐन विपरित गएर आफू अनुकुल निर्देशिका ल्याएर चलाउन खोजिएको भन्दै त्यसो नगर्न मन्त्रालयलाई आग्रह पनि गर्नुभयो । शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिलाई अधिकारविहिन बनाएमा शिक्षाको गुणस्तर खस्किने उहाँको भनाई छ ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.