छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री

काठमाडौँ : इजरायलले छिट्टै राफा क्रसिङ खोल्ने कुनै सङ्केत नरहेको प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा बताउनुभएको छ । यो पूर्णतया इजरायलीहरूको हातमा रहेको मन्त्री माजेद अबु रमादानले बताउनु भयो । अबु रमादानले इजरायलले गाजामा मानवता विरुद्धको अपराध गरेको बताउनु भयो ।
उहाँले इजरायलले मानवीय सहायता र आवश्यकताहरु गाजा भित्र जान नदिइरहेको बताउनु भयो ।