Online News Portal

कृषिमा लगानी दशक घोषणा

काठमाडौँ : सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी, नीजि, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गर्नुभएको हो । उहाँले कृषिको व्यवसायिकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताउनु भयो । उहाँले गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कृषिको व्यवसायिकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनेछ । सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ । भुगोल, बजार, सम्भाव्यता एवं पारस्थितिकीय विशिष्टता अनुकुल प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवद्र्धन गरीनेछ ।’
उहाँले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.