Online News Portal

नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिना बढि समयदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । पुस २७ देखि माघ २६ सम्म मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले २ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसपछि माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दा पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भने नियुक्त हुन सकेका छैनन्य हाँ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एसको गठबन्धन सरकार छ । अहिले नागरिक उन्मुक्तिबाहेक अन्य तीन दल सरकारमा छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नाउपाका लागि मुख्यमन्त्री कमलबहादुर शाहले छुट्याएर राखेका छन् । तर, पार्टीभित्रैको किचलोका कारण नागरिक उन्मुक्ति संसदीय दलका नेताले दिएका नामहरूलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गरेनन् ।

सोमबार अपराह्न २ बजेपछि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त गर्न मुख्यमन्त्री शाहलाई दबाब दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो लेटर प्याडमा रामेश्वर चौधरीलाई कृषि मन्त्रालयमा र कैलाश चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीलाई पत्र दिएका थिए । सोमबार मुख्यमन्त्री कार्यालयमै शपथ ग्रहणको तयारी सहित पुगेका दुबै जनालाई मुख्यमन्त्री शाहले मंगलबार ४ बजे आउनु भन्दै फिर्ता पठाएका थिए ।‘हामीलाई भोलि साँझ ४ बजे आउनुहोस् भनेर मुख्यमन्त्रीले बोलाउनुभएको छ । भोलि ४

बजे शपथ ग्रहण हुन्छ’ मुख्यमन्त्री कार्यालयबाट निस्किँदै गर्दा संसदीय दलका नेता घनश्याम चौधरीले पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए ।

मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिको आन्तरिक विवाद सुल्झिसकेपछि मात्रै शपथ ग्रहण गराउने पक्षमा थिए । भोलिपल्ट ४ बजे पनि मुख्यमन्त्रीले शपथ ग्रहण गर्न बोलाएनन् । त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भागबन्डामा कुरा नमिलेको हुँदा तत्काल सरकारमा सहभागी नहुने भन्दै मुख्यमन्त्रीलाई पत्र पठाइन् । आफ्नै अध्यक्षको पत्रपछि शपथ ग्रहणका लागि मुख्यमन्त्रीले बोलाउने भन्दै कुरिरहेका नागरिक उन्मुक्तिका नेताहरू अन्तिम समयमा घर फर्किए ।

Advertisement

Click the button below to skip this ad and read the full article.