Online News Portal

५४ सङ्घ संस्थालाई कृषि सामग्री:भरतपुर महानगर

प्रकाशित: २६ असार २०८१, मंगलवार ०९:५१ | लेखक: मालिका खबर

काठमाडौँ : भरतपुर महानगरपालिकाले ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरेकी हुन् ।यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर) तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन (कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्राउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ ।

अनुदानमा चारवटा ट्याक्टर, छ वटा हाते ट्याक्टर (मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मशिन (रिपर) हस्तान्तरण गरिएको हो ।