Online News Portal

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

प्रकाशित: २३ श्रावण २०८१, बुधबार १०:११ | लेखक: मालिका खबर

काठमाडौं: नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ।

मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि १ बजेर १४ मिनेटमा उडेको थियो।