Online News Portal

हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार ०९:२० | लेखक: मालिका खबर

काठमाडौं :  हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ ।

बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।‘प्रक्रिया पूरा गरेकाले सो कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छ,’ बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले भने, ‘अन्यको प्रक्रिया पूरा नभएकाले रोकिएको छ ।’