Online News Portal

सूर्योदय वोमी लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

प्रकाशित: १९ असार २०८२, बिहीबार ०६:५१ | लेखक: मालिका खबर

काठमाडौँ : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका सेयरहरू बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीले हालका संस्थापक सेयरधनीहरूलाई मात्र लक्षित गर्दै २ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।

कम्पनीका अनुसार इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण उल्लेख गरेर निवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ।