Online News Portal

सुनको भाउ फेरि उकालो, तोलामा १८ सय रुपैयाँ वृद्धि

प्रकाशित: २४ बैशाख २०८३, बिहीबार ०५:४२ | लेखक: मालिका खबर

काठमाडौं ; साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५६ हजार रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४१९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।