Online News Portal

सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

प्रकाशित: २ श्रावण २०८१, बुधबार ०७:४४ | लेखक: मालिका खबर

काठमाडौँ:मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए ।मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।