Online News Portal

साहित्यकार रेग्मीलाई मस्तिष्कघात अस्पतालमा उपचार हुँदै

प्रकाशित: १८ असार २०८१, सोमबार ०८:१४ | लेखक: मालिका खबर

काठमाडौँ: झापा भद्रपुर १० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ।

राति क्रिकेट हेरेर सुतेका साहित्यकार रेग्मीलाई बिहानीपख मस्तिष्कघात भएपछि प्रादेशिक अस्पताल, भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा प्रदिपमणी रेग्मीले जानकारी दिए।

उनका अनुसार अहिले साहित्यकार रेग्मीको स्वास्थ्यमा केही सुधार भएको छ। उनले भने, ‘केही सुधार भए पनि स्मरण क्षमतामा ह्रास आएको छ।’

‍८८ वर्षीय रेग्मीलाई अझै केही दिन डाक्टरहरूको निगरानीमा राख्नुपर्ने प्रदीपकाे भनाइ छ।