Online News Portal

सामाजिक सञ्जालमा हिंसात्मक सामग्री पोस्ट नगर्न साइबर ब्युरोको आग्रह

प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०७:४२ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा हिंसा भड्काउने तथा भ्रामक सूचना फैलाउने सामग्री पोस्ट नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

 

 

गणतन्त्रवादी र राजावादी समूहहरूको प्रदर्शन भइरहेका बेला यस्तो सामग्रीले सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै ब्युरोले सतर्क रहन अनुरोध गरेको हो। साथै, सामाजिक सञ्जालको दुरुपयोग गरे कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिँदै जिम्मेवार रूपमा यसको प्रयोग गर्न सबैलाई अपिल गरेको छ।