Online News Portal

साबा महिला बास्केटबल: नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार ०३:४६ | लेखक: मालिका खबर

काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित केडी जाधव स्टेडियममा जारी साबा महिला बास्केटबल च्याम्पियनशिपमा नेपालले सोमबार साँझ ६:१५ बजे माल्दिभ्ससँग दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।

तीन टोली सहभागी यस च्याम्पियनशिपमा फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले आजको खेलमा माल्दिभ्सलाई हराउनुपर्नेछ।