Online News Portal

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार ०६:५१ | लेखक: मालिका खबर

काठमाडौँ:भुटानको थिम्पुमा सम्पन्न ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। १८ वर्षीय श्रेष्ठले २१ वर्षमुनिको ८४ केजी तौल समूहमा भारतका शुभाकान्त विस्वाललाई पराजित गर्दै स्वर्ण जितेका थिए।

विगत १० वर्षदेखि कराते खेल्दै आएका श्रेष्ठलाई कलेजले थप सफलताको शुभकामनासहित सम्मान गरको हो।

उनी लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा बिबिआइएस (ब्याचलर अफ बिजनेस इन्फरमेशन सिस्टम) मा प्रथम वर्षमा अध्यनरत रहेका छन्।दोस्रो भएको भारतले २७ स्वर्ण, २० रजत र १३ कास्य पदक आफ्नो खातामा पारेको छ।