Online News Portal

“सरकारको दमनको विरोधमा राप्रपाको शान्तिपूर्ण प्रदर्शन: अध्यक्ष लिङ्देनको चेतावनी”

प्रकाशित: ७ बैशाख २०८२, आईतवार ०३:३३ | लेखक: मालिका खबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारद्वारा तोकिएको निषेधित क्षेत्रको अवज्ञा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्।

 

 

 

उनले सरकारलाई प्रदर्शनमा अवरोध नगर्न र मुठभेडको स्थिति सिर्जना नगर्न चेतावनी दिएका छन्। लिङ्देनले प्रदर्शन संविधानले प्रत्याभूत गरेको अधिकारको प्रयोग हो भन्दै, सरकारको दमनकारी प्रवृत्तिको विरोधमा रहेको स्पष्ट पारे। राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणा, संघीयता खारेज लगायत ४० बुँदे मागसहित काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ। सरकारले प्रदर्शन रोक्न निषेधित क्षेत्र घोषणा गरेपछि, राप्रपाले त्यसको अवज्ञा गर्दै प्रदर्शन गर्ने अडान लिएको छ।