Online News Portal

समाजसेवामा अग्रसर हुँदै राष्ट्रप्रेमी बस्याल

प्रकाशित: २ भाद्र २०८१, आईतवार ०३:५२ | लेखक: मालिका खबर

काठमाडौं: तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दाआश्रमका बृद्ध,बृद्धालाई भोजन दान र खाद्यान्न तथा तरकारी हस्तान्तरण गरेका छन् ।बस्यालले सहयोग हस्तान्तरण गर्दै घरबार बिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन खोजेको बताउँदै होटेल, रेष्टुरेन्टमा एक महिना अगाडि नै दर खाने कार्यक्रमले तिजको वास्तविक महत्त्व नै ओझेलमा परेको र यी पर्वलाई सामाजिक क्षेत्रमा जोड्दै जानु आजको आवस्यकतामा रहेको बताए ।