Online News Portal

संसद भवन निर्माण छिटो सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार ०८:१८ | लेखक: मालिका खबर

काठमाडौँ ; उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० बैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए ।

उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।