Online News Portal

संयुक्त राष्ट्रसंघको भारत–पाकिस्तानलाई संयमता अपनाउन अपिल

प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार ०६:०० | लेखक: मालिका खबर

काठमाडौँ : जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई ‘अधिकतम संयमता’ अपनाउन अपिल गरेको छ।

 

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई स्थिति थप बिग्रन नदिन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघले पहलगाम आक्रमणको निन्दा गर्दै भारत र पाकिस्तानबीचको कुनै पनि समस्या वार्तामार्फत शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने बताएको छ।​

मंगलबार जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। यस घटनाले क्षेत्रीय तनावलाई थप चर्काएको छ।