Online News Portal

शंखरापुर बस दुर्घटनाः २७ जना उपचारपछि घर फर्किए, चालक प्रहरी नियन्त्रणमा

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार ०९:१९ | लेखक: मालिका खबर

काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपराह्न दुर्घटनामा परेको थियो।

 

 

नगरकोटमा पिकनिकबाट फर्किंदै गर्दा सत्यसाई एकेडेमीका विद्यार्थी सवार उक्त बस सडकबाट २० फिट तल खसेको थियो। दुर्घटनामा ११ वर्षीय क्रिस्चल पुरी, २३ वर्षीय सुरेश तामाङ, र १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो। घाइते भएका ४३ मध्ये २७ जनालाई उपचारपछि घर फर्काइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।