Online News Portal

ललितपुर सिटी एफसीले एनएसएलमा पोखरा थन्डर्सलाई ३–२ ले पराजित गर्दै पहिलो जित हासिल गर्‍यो

प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०५:५३ | लेखक: मालिका खबर

काठमाडौँ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ। खेलको ११औं मिनेटमा ललितपुरका जोनाथन इडवार्डोले गोल गर्दै अग्रता दिलाए।

 

४२औं मिनेटमा पोखराका समिर तामाङले बराबरी गोल फर्काए। पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै पुनः अग्रता बनाए। ७५औं मिनेटमा जोनाथन इडवार्डोले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता बढाए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा पोखराका जोए आइडोले गोल गरे पनि ललितपुरले ३–२ को जित सुनिश्चित गर्‍यो। यस जितसँगै ललितपुरले दुई खेलबाट चार अंक बनाएको छ, जबकि पोखराले लगातार दोस्रो हार बेहोरेको छ।