Online News Portal

रास्वपा सभापति लामिछानेसँग महामन्त्री ढकालको अर्को माग

प्रकाशित: १७ असार २०८१, आईतवार ०८:०७ | लेखक: मालिका खबर

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद बढ्दै जाँदा महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बैठकमा महामन्त्रीले बुझाएको समीक्षायात्राको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ। उक्त छलफल प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको डा. ढकालले जानकारी दिए। तर, बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ नआइसकेको उनको भनाइ छ।