Online News Portal

रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश फुँयालको इजलासमा पेश

प्रकाशित: ८ बैशाख २०८२, सोमबार ०६:०१ | लेखक: मालिका खबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्। उक्त रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ। लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन्।

 

 

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गरेपछि उच्च अदालत तुलसीपुर बुटवलले सो आदेश बदर गर्दै उनलाई पुनः थुनामा पठाउने आदेश दिएको थियो। रिट निवेदक निकिता पौडेलले लामिछानेको पक्राउ प्रक्रिया कानुनी प्रक्रिया नपुर्‍याई गरिएको दाबी गरेकी छन्।

यसअघि, लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। उक्त रिटको सुनुवाइ पनि न्यायाधीश फुँयालको इजलासमा तोकिएको छ।