Online News Portal

राप्रपाको राजसंस्था पुन:स्थापना अभियानअन्तर्गत मूल समिति बैठक प्रारम्भ

प्रकाशित: ११ चैत्र २०८१, मंगलवार ०७:४८ | लेखक: मालिका खबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुन:स्थापनाको पक्षमा माहोल बनाउन गठन गरेको मूल आन्दोलन समितिको बैठक सुरु भएको छ। पार्टीभित्र नेताहरूबीच मतभेद उत्पन्न भएपछि निर्णय गर्न बैठक बोलाइएको हो।

 

 

 

यसअघि, केही राजावादी समूह तथा व्यापारीहरूले नवराज सुवेदीको संयोजकत्वमा छुट्टै ‘राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समिति’ बनाएका थिए, जसमा राप्रपाका केही नेताहरू पनि संलग्न थिए। तर, अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई कमाण्डर मान्न अस्वीकार गर्दै आफ्नै नेतृत्वमा आन्दोलन समिति गठन गरे। साथै, राप्रपाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरिरहेको छ।