Online News Portal

रवी सिंहको भनाइ: “बजेट अपेक्षाकृत छ, पुँजीगत खर्चमा ९०% लक्ष्य राख्नुपर्छ”

प्रकाशित: १८ जेष्ठ २०८२, शनिबार ०५:३२ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अपेक्षाकृत भएको बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको छलफल कार्यक्रममा बोलेका थिए।

 

 

सिंहले कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने आवश्यकता र गौरवका योजना दुई वर्षभित्र पूरा गर्ने सरकारको लक्ष्यको स्वागत गरेका छन्। उनले बजेटले सबै क्षेत्रलाई लाभ दिने भन्दै, निर्माण क्षेत्रमा राहत हुने पक्षलाई समेत उजागर गरेका छन्। यद्यपि, उनले रुग्ण आयोजना र सार्वजनिक खरिद ऐनका समस्यालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन्।