Online News Portal

योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार ०९:२९ | लेखक: मालिका खबर

काठमाडौँ: बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने ।

अर्का सांसद छिरिङलामू लामा तामाङले एमाले सांसद भट्टराईले संसदको सामान्य मान समेत नराखी माओवादीको अपमान गर्ने अभिव्यक्ति दिएको बताइन्।

‘एमाले सांसदले संसद्को सामान्य मान पनि नराखी व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गर्ने मनसायले अभिव्यक्ति दिनुभयो,’ उनले भनिन्, ‘माननीयको त्यस्तो किसिमको अभिव्यक्ति र रवैयाले देशलाई अर्को द्वन्द्वको चपेटा लाने भित्री मनसाय प्रकट भएको होकि भन्ने गम्भीर आशंका पैदा भएको छ।’