Online News Portal

यु–१९ पुरुष विश्वकप एसिया छनोट: नेपालले टस हारेर बलिङ गर्दै

प्रकाशित: २३ चैत्र २०८१, आईतवार ०५:२३ | लेखक: मालिका खबर

काठमाडौँ : मुलपानी क्रिकेट मैदानमा नेपाल यु–१९ र अफगानिस्तान यु–१९ टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ।

 

 

पहिलो खेलमा अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएपछि, नेपाललाई शृङ्खला जीवित राख्न आजको खेल जित्नुपर्ने दबाब छ। अर्को साता नेपालमा आयोजना हुने एसिया छनोटको तयारीस्वरूप यी खेलहरू आयोजना गरिएका हुन्।