Online News Portal

महेश बस्नेतको आरोप: गभर्नर नियुक्तिमा २० करोडको ‘डिल’ प्रमाणित भएपछि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

प्रकाशित: ११ बैशाख २०८२, बिहीबार ०८:३३ | लेखक: मालिका खबर

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँको ‘डिल’ गरेको प्रमाण भेटिएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदबाट बर्खास्त गरेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त आरोप सार्वजनिक गरेका हुन्।

 

 

 

बस्नेतले तामाङमाथि विभिन्न योजनाहरूमा अनियमितता, ठेक्कापट्टामा मिलोमतो, र कुलमान घिसिङसँग मिलेर अर्बौंको भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन्।