Online News Portal

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

प्रकाशित: २३ श्रावण २०८१, बुधबार १०:१५ | लेखक: मालिका खबर

काठमाडौं :  नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रेहका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि दु:ख व्यक्त गर्दै नगर प्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए।