Online News Portal

बसन्तपुरमा इन्द्रध्वज ठड्याइयो, इन्द्रजात्रा सुरु

काठमाडौं : वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहान ८ बजेर २६ मिनेटको साइतमा ठड्याइएको हो। लामो समयदेखि चलिआएको परम्परा अनुसार हनुमानढोकामा  इन्द्रध्वज ठड्याइपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ । इन्द्रजात्राको इन्द्रध्वज काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा  ठड्याइएको हो।इन्द्रजात्रासँग सम्बन्धित सबै देवताहरूलाई आजको दिनदेखि एक साताको लागि निकालिन्छ ।

इन्द्रजात्रा काठमाडौंमा मनाइने सबैभन्दा महत्त्वपूर्ण चाड हो। १२ औं शताब्दीदेखि १८ औं शताब्दीमा निर्माण भएका धेरै मठ मन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र यस जात्राको उद्गमस्थल हो।

भाद्र शुक्लपक्ष यलथ्वा द्वादशीका दिन इन्द्रध्वजत्थानबाट सुरु हुने यो जात्रा आठ दिनसम्म विभिन्न नाच, गीत र रथयात्राका साथ सम्पन्न हुन्छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.