Online News Portal

बबरमहलमा फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार ०९:४७ | लेखक: मालिका खबर

काठमाडौँ: काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेको थियो।

 

 

यसले विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा डुबानको स्थिति सिर्जना गरेको थियो। खानेपानी मन्त्री प्रदीप यादवका अनुसार, निरन्तर प्रयासपछि पाइपको मर्मत कार्य सम्पन्न भएको छ। हाल पानी परीक्षण भइरहेको छ, परीक्षण सम्पन्न भएपछि पानी वितरण प्रक्रिया सुरु गरिनेछ। विद्युत् प्राधिकरणले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ।