Online News Portal

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

प्रकाशित: १२ पुष २०८१, शुक्रबार ०६:५४ | लेखक: मालिका खबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

 

 

महासङ्घका अनुसार सुन हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।