Online News Portal

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य वृद्धिमा

प्रकाशित: २५ चैत्र २०८१, मंगलवार ०५:३४ | लेखक: मालिका खबर

काठमाडौँ : आज काठमाडौंमा सम्पन्न प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५५ अंकले बढेर २६७१.६२ विन्दुमा पुगेको छ। यस अवधिमा २३ वटा स्क्रिप्टका ४०३ कित्ता सेयर २ लाख ४७ हजार २२५ रुपैयाँमा किनबेच भएका छन्।

 

कारोबारमा आएका स्टकमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने १३ वटाको घटेको छ। सोमबार दिउँसोको कारोबारमा भने नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.४ विन्दुमा झरेको थियो, सो दिन ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।