Online News Portal

प्रभास र तृप्ति डिम्रीको ‘स्पिरिट’ फिल्ममा ‘ए’ रेटेड बोल्ड दृश्यहरू पुष्टि

प्रकाशित: १४ जेष्ठ २०८२, मंगलवार ०४:५७ | लेखक: मालिका खबर

काठमाडौँ : भारतीय निर्देशक सन्दीप रेड्डी वाङ्गाको आगामी फिल्म ‘स्पिरिट’ मा सुपरस्टार प्रभास र अभिनेत्री तृप्ति डिम्री मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा प्रौढ दर्शकहरूका लागि ‘ए’ रेटेड (१८ वर्षमाथिका लागि) बोल्ड दृश्यहरू समावेश गरिने पुष्टि भएको छ।

 

 

 

यसअघि दीपिका पादुकोणलाई मुख्य भूमिकामा लिने योजना भए पनि, उनले फिल्मबाट बाहिरिएपछि तृप्ति डिम्रीलाई अनुबन्ध गरिएको हो। निर्देशक वाङ्गाले तृप्तिलाई बोल्ड दृश्यहरूमा सहज महसुस गराउन सेटमा व्यावसायिक र आरामदायक वातावरण सुनिश्चित गर्ने वाचा गरेका छन्। फिल्मको छायांकन मेक्सिको लगायत विभिन्न अन्तर्राष्ट्रिय स्थानहरूमा हुने योजना छ।