Online News Portal

प्रथम राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप बुढानीलकण्ठमा सुरु, ११७ खेलाडीको प्रतिस्पर्धा

प्रकाशित: ३१ जेष्ठ २०८२, शुक्रबार ०५:३१ | लेखक: मालिका खबर

काठमाडौँ : बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा नेपाल बुद्धिचाल महासंघको समन्वयमा प्रथम राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप सुरु भएको छ। प्रतियोगितामा २० वर्ष मुनिका ११७ खेलाडी सहभागी छन्, जसमा १२ जना राष्ट्रिय स्तरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा छन्।

 

 

तीन चरणको खेलपछि श्रीलङ्कामा हालै रजत जितेका पुरुषोत्तम सिलवाल, रिसोन थापा, अभीक शाहलगायत शीर्ष रेटेड खेलाडीहरूले पूर्ण ३ अंक जोड्दै अग्रता लिएका छन्। महिलातर्फ इशा गिरी, विविशा तामाङ, रिया श्रेष्ठ, एन्जल महर्जन र प्रेसियस अधिकारीले दुई-दुई अंक जोड्दै सुखद सुरुआत गरेका छन्। प्रतियोगिता नौ चरणको स्ट्यान्डर्ड क्लासिकल ढाँचामा खेलिनेछ।