Online News Portal

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे: नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौँ : आज आइतबार, २०७९ जेठ १२ गते, संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ।

 

 

 

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। छलफलपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिनेछ र पारित हुने अपेक्षा गरिएको छ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले दर्ता गराएका दुई संशोधन प्रस्तावहरू पनि प्रस्तुत हुनेछन्। नीति तथा कार्यक्रम पारित भएपछि, सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गरिनेछ।