Online News Portal

पोखरा महानगरको बजेट पारित

प्रकाशित: ३२ असार २०८१, सोमबार १०:१८ | लेखक: मालिका खबर

काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।

असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट पेश गरेकी थिइन्। बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ आम्दानी हुने उल्लेख छ। नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने महानगरको योजना छ।