Online News Portal

पानीको मुहानमा हुने राजनीति अन्त्य गर्छौं: मन्त्री प्रदीप यादव

प्रकाशित: ७ चैत्र २०८१, शुक्रबार ०७:२१ | लेखक: मालिका खबर

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले शुक्रबार राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा पानीको मुहानमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

 

 

उनले मुहान संरक्षणका लागि सरकारले विशेष बजेट छुट्याउने बताए। हाल २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच रहेको र एक वर्षभित्र यो संख्या ५७ प्रतिशत पुर्‍याउने योजना रहेको उनले जानकारी दिए।