Online News Portal

पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार १०:०९ | लेखक: मालिका खबर

काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए।
उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।

उनी फोक्सोको रोगबाट पीडित थिए। ज्योति बसु र उनले गरेर पश्चिम बंगालमा लगातार ३४ वर्ष शासन चलाएका थिए। भट्टाचार्यले तीव्र औद्योगिकीकरणमा जोड दिएका थिए।

पुरेत परिवगारमा जन्मेका उनले प्रेसिडेन्सी कलेजमा बंगाली साहित्य पढेका थिए। उनी १९६६ मा भाकपामा आबद्ध भए। १९७७ मा उनी विधायक चुनिए।