Online News Portal

नेप्से परिसूचक २७ अंकले ओरालो, ७ अर्ब ७३ करोडको सेयर कारोबार

प्रकाशित: १ भाद्र २०८२, आईतवार १०:४३ | लेखक: मालिका खबर

काठमाडौँ:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७ दशमलव १४ अंकले घटेर दुई हजार ७६१ दशमलव २२ मा पुगेको छ। यससँगै बजार करिब शून्य दशमलव ९७ प्रतिशतले कमजोर बनेको छ।

नेप्सेका अनुसार आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता सेयर ८६ हजार ६६९ पटक किनबेच हुँदा कुल कारोबार रकम रू ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ पुगेको छ।

आज सबै समूहका उपसूचक ओरालो लागेका छन्।

  • बैंकिङ १.०३ प्रतिशत,

  • विकास बैंक ०.५१ प्रतिशत,

  • वित्त ०.९३ प्रतिशत,

  • होटल तथा पर्यटन ०.२१ प्रतिशत,

  • जलविद्युत् ०.७७ प्रतिशत,

  • लगानी ०.८३ प्रतिशत,

  • जीवन बीमा ०.७१ प्रतिशत,

  • उत्पादन तथा प्रशोधन १ प्रतिशत,

  • लघुवित्त १.३१ प्रतिशत,

  • म्युचुअल फण्ड ०.१० प्रतिशत,

  • निर्जीवन बीमा ०.६८ प्रतिशत,

  • व्यापार १.६४ प्रतिशत

  • अन्य समूह १.३४ प्रतिशतले घटेका छन्।

कम्पनीगत आधारमा हेर्दा, आरबिबी म्युचुअल फण्ड–१ को सेयर मूल्य सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ७ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमको हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसले रू ५१ करोड ६७ लाखभन्दा बढीको कारोबार गर्‍यो। सेयर संख्याका हिसाबले भने आरबिबी म्युचुअल फण्ड–१ को सबैभन्दा धेरै १३ लाख ५८ हजारभन्दा बढी कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।