Online News Portal

नेप्से परिसूचक ११.६६ अङ्कले वृद्धि, कारोबार रकममा पनि वृद्धि

प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार १०:३६ | लेखक: मालिका खबर

काठमाडौँ:  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६६ अङ्कले बढेर २,७५५.४० विन्दुमा पुगेको छ। तीन सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार कित्ता शेयरहरू १ लाख ८ हजार ९१३ पटकको कारोबारमा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, र अन्य समूहका उपसूचकहरूमा वृद्धि भएको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, र व्यापार समूहका उपसूचकहरूमा गिरावट आएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जबकि रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य ७.२४% ले घटेको छ। कारोबार रकम र शेयर सङ्ख्याका आधारमा, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ९५ करोड ६४ लाख ५१ हजार ३६६ बराबरको ९ लाख ९० हजार ६७२ कित्ता शेयर किनबेच भएको छ।