Online News Portal

नेप्सेमा मंगलबार ७५ अंकको वृद्धि

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार १०:३५ | लेखक: मालिका खबर

काठमाडौँ: सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो । अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।

आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बिमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ । छ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।