Online News Portal

नेप्सेमा करिब २८ अंकको गिरावट, कारोबार १० अर्ब नाघ्यो

प्रकाशित: २७ श्रावण २०८२, सोमबार १०:५५ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा बन्द भएको छ। यस गिरावटसँगै नेप्से ०.९७ प्रतिशतले तल झरेको हो।

तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन गत बिहीबारको ८ अर्ब ५३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी ९.९९ प्रतिशतको वृद्धि देखिएको छ। शिवम् सिमेन्टको सेयर भने कारोबार रकमका हिसाबले अग्रस्थानमा रह्यो, जसको ५३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ।

१३ वटा सूचक समूहमध्ये ‘म्युचुअल फन्ड’ र ‘अन्य’ समूहमा मात्र वृद्धि भएको छ, बाँकी सबै समूहहरूमा गिरावट आएको छ।