Online News Portal

“नेपाली साहित्यको इतिहासमा ऐतिहासिक उपलब्धि: ‘जगदम्बा बृहत् नेपाली साहित्यको इतिहास’ को पाँचौं ठेली प्रकाशन”

प्रकाशित: ११ जेष्ठ २०८२, शनिबार ०५:४६ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाली साहित्यको २०० वर्षे इतिहासलाई समेट्ने उद्देश्यले तयार पारिएको ‘जगदम्बा बृहत् नेपाली साहित्यको इतिहास’ को पाँचौं तथा अन्तिम ठेली प्रकाशित भएको छ। यस महत्त्वपूर्ण परियोजनाको परिकल्पना स्व. कमलमणि दीक्षितले गरेका थिए, र प्रधान सम्पादकको रूपमा प्रा.डा. माधवप्रसाद पोखरेलले नेतृत्व गरेका छन्।

 

 

 

पाँचौं ठेलीमा आधुनिक नेपाली साहित्यका विभिन्न विधाहरूको इतिहास समेटिएको छ, जसमा प्रा.डा. दयाराम श्रेष्ठद्वारा लिखित ‘आधुनिक नेपाली कथाको इतिहास’, डा. खेम दाहालको ‘आधुनिक नेपाली उपन्यासको इतिहास’, प्रा. रामचन्द्र पोखरेलको ‘आधुनिक नेपाली नाटकको इतिहास’, ज्ञानु अधिकारीको ‘नेपाली समालोचनाको इतिहास’ र प्रमोद प्रधानको ‘नेपाली निबन्ध र सम्बद्ध विधाहरूको इतिहास’ समावेश छन्।
साहित्यपोस्ट

यसअघि प्रकाशित चार ठेलीहरूले क्रमशः नेपाली भाषाको सामाजिक इतिहास, व्याकरण, अभिलेख, लोक साहित्य, प्रारम्भिक र माध्यमिक काल, अनुवाद, नेपाल बाहिरको नेपाली साहित्य, पद्य र बाल साहित्य जस्ता विषयवस्तु समेटेका थिए।
साहित्यपोस्ट

पाँच ठेलीहरूमा करिब ५,००० पृष्ठभन्दा बढी सामग्री समेटिएको छ, जसमा ८५ भन्दा बढी लेखकहरूको योगदान रहेको छ। यस बृहत् ग्रन्थले नेपाली साहित्यको अध्ययन, अनुसन्धान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।