Online News Portal

नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार १०:०१ | लेखक: मालिका खबर

काठमाण्डाै : भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु हसरङ्गाले कप्तानबाट राजीनामा दिएपछि उनको ठाउँमा असलङ्काले नेतृत्व गर्ने भएका हुन् । टी–२० विश्वकपमा श्रीलङ्का पहिलो चरणबाटै बाहिरिएको थियो ।

विश्वकपपछि श्रीलङ्काको यो पहिलो टी–२० शृङ्खला हो । भारत र घरेलु टोली श्रीलङ्काबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो शनिवारदेखि शुरु हुनेछ । यस्तै दोस्रो टी–२० आइतवार र तेस्रो टी–२० मङ्गलवार हुनेछ । टी–२० शृङ्खलाबीच भारत र श्रीलङ्काबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि हुनेछ ।

अनुभवी एन्जेलो म्याथ्युजको पनि टोलीमा छन्। म्याथ्युजको यो छैटौँ टी-२० विश्वकपको उपस्थिति हुनेछ। सन् २०१४ मा च्याम्पियन बन्दा पनि उनी श्रीलंकन टोलीमा थिए।

श्रीलङ्का नेपाल रहेको समूह ‘डी’ मा छ। समूहमा नेपाल र श्रीलंकासहित दक्षिण अफ्रिका, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपाल र श्रीलंकाबीचको खेल जुन ११ मा अमेरिकाको फ्लोरिडामा हुनेछ।

श्रीलङ्काको टोलीमा वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका (उपकप्तान), कुसल मेन्डिस, पाथुम निसान्का, कामिन्दु मेन्डिस, सदीरा समराविक्रमा, एन्जेलो म्याथ्युज, डसुन शनाका, धनन्जय डे सिल्भा, महीश तिक्षणा, दुनिथ वेलालगे, दुस्मनथा चमीरा, नुवान तुशारा, मथिसा पाथिराना र दिलशान मदुशंका छन्।