Online News Portal

नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार ०९:१७ | लेखक: मालिका खबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र  नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भोलिका लागि सम्झेर आफूले काम गर्ने बताए । ‘नेपालको शिर ढल्ने गरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिन ।हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो । आजका लागि हो । भोलिको लागि हो’ प्रधानमन्त्री ओलीले भने ।उनले संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रबृत्तिहरूहरूकोबारेमा नभइ समग्र राष्ट्रका कुराहरै पेश गरेन जानकारी दिए । उनले यसपटक जलवायु परिवर्तनका विषयहरूमा आफ्नो दृष्टिकोण पेश गर्ने उनले जानकारी दिए । ‘यहाँका आन्तरिक प्रबृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन,’क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो । हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन् ।’