Online News Portal

देउरालीले जित्यो तीनलाल स्मृति अण्डर–२० भलिबल प्रतियोगिता

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार ०७:३१ | लेखक: मालिका खबर

काठमाडौँ : रामेछापको मन्थलीमा सम्पन्न तीनलाल स्मृति कप-२०८१ अण्डर-२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका-२, देउरालीले जितेको छ। फाइनलमा मन्थली नगरपालिका-६, न्यूस्टारलाई पराजित गर्दै देउरालीले ५० हजार नगद, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो, भने उपविजेताले ३० हजार नगदसहित ट्रफि, मेडल पायो।

प्रतियोगितामा १६ टिम सहभागी भएका थिए। खेल अनेरास्ववियु रामेछापको आयोजनामा भएको थियो, जसलाई मन्थली नगरपालिका खेलकुद विकास समितिले मुख्य रूपमा प्रायोजन गरेको थियो। सेमीफाइनलमा पुगेका टोलीहरूलाई पनि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिता पुष्पलाल, गङ्गालाल, र कृष्णलालको स्मृतिमा आयोजित गरिएको हो।