Online News Portal

दशैंमा उपत्यकाको सुरक्षा मजबुद : एआईजी दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागु

 काठमाडौं :  दशैंको अवसरमा राजधानी काठमाडौंसहित भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने उद्देश्यले काठमाडौं उपत्यका प्रहरि प्रमुख एआईजि दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागू गरिएको छ।
देशकै सबैभन्दा ठूलो चाड दशैं नजिकिएपछि मानिसहरूको आवतजावत, बजारमा भीडभाड, रकमको कारोबार, तथा आपराधिक गतिविधि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षालाई कडा बनाइएको छ। एआईजि कार्कीका अनुसार नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सकुन् भन्ने लक्ष्यसहित ट्राफिक व्यवस्था, गस्ती निगरानी, गुप्तचर सूचना संकलन, तथा सार्वजनिक स्थानहरूमा विशेष निगरानीको व्यवस्था मिलाइएको छ।
विशेष सुरक्षा रणनीतिहरू:
•उपत्यकाका मुख्य चोक, मन्दिर, धार्मिक स्थल, बसपार्क, तथा भीडभाड हुने स्थानहरूमा प्रहरीको बाक्लो उपस्थिति।
•सादा पोशाकमा खटिएका  प्रहरिहरुबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिको निगरानी।
•चाडपर्व लक्षित ठगी, चोरी, लुटपाट, सवारी दुर्घटना जस्ता घटनाहरू रोक्न ट्राफिक प्रहरी र सामुदायिक प्रहरीबीच समन्वय।
•रात्री गस्ती तथा आकस्मिक चेकिङको व्यवस्था।
•चाडपर्वको अवसरमा उपत्यका भित्रिने सवारी साधन तथा यात्रुहरूको विवरण संकलन , चेकजाच र निगरानी।
एआईजि कार्कीले नागरिकसँग सुरक्षाको सवालमा सहयोग माग्दै कुनै पनि आपराधिक क्रियाकलाप देखेमा वा शंका लागेमा तुरुन्तै नजिकको प्रहरीलाई जानकारी दिन अनुरोध गरेका छन्। “प्रहरी जनताको सेवक हो, हामी जनताको सुरक्षाका लागि २४ घन्टा खटिएका छौं,” कार्कीले भने।
साथै, उनले सामाजिक सञ्जालमार्फत फैलने अफवाह र गलत सूचनाबाट सचेत रहन सबैलाई आग्रह गर्दै, शान्तिपूर्ण र सुरक्षित दशैं मनाउन सम्पूर्ण जनसमुदायलाई शुभकामना पनि व्यक्त गरेका छन ।

Advertisement

Click the button below to skip this ad and read the full article.