Online News Portal

दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी

प्रकाशित: १२ श्रावण २०८१, शनिबार ०८:३८ | लेखक: मालिका खबर

काठमाडौँ:अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ।

फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाको आधिकारिक नामले परिचय गराइएको थियो । ‘उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली टोलीको परिचय गराउँदा भएको गल्तीका लागि हामी माफी माग्छौँ’, आइओसीले बताएको छ ।

आइओसीको यस त्रुटिले दक्षिण कोरियामा अप्रसन्न प्रतिक्रियाहरू निम्त्याएको छ ।

‘सन् २०२४ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाली टोलीको रूपमा प्रस्तुत गरिएकोमा खेद व्यक्त गर्दछौँ’, दक्षिण कोरियाको खेलकुद मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।