Online News Portal

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग

प्रकाशित: ५ श्रावण २०८१, शनिबार १०:०४ | लेखक: मालिका खबर

काठमाडौं : पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ।

बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम  सहित खोजीकार्य सुरु गरेको हो।

र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ।एक सातादेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । ३७ जना अझै बेपत्ता छन् ।